धादिङ १७ फागुन
धादिङको बेनिघाट रोराङ गाउँ पालिका वडा नं. ५ बेनिघाटमा शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बेनिघाट उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखा, कारु स्मृति प्रतिष्ठान, लायन्स क्लब अफ मलेखु टाउन, चरौदी समाज सुधार युवा क्लब, विशाल ज्योति युवा क्लब, युवा तथा खेलकुद विकास समिति बेनिघाट रोराङ ५ लगायत संघ संस्थाहरुको सहयोगमा भएको रक्तदान कार्यक्रममा २ जना महिला र ३९ जना पुरुष गरी कुल ४१ जनाले रक्तदान गरेका थिए । बृहत खुल्ला रक्तदान कार्यक्रममा स्थानीय रेडक्रसकर्मी, स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बेनिघाट उपशाखाका सभापति राजेन्द्र प्रसाद कंडेलले बताउनु भयो । यस आर्थिक वर्षमा ३ हजार ५ सय पिन्ट रगत सङ्कलन गर्न लक्ष्य लिएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रले श्रावणदेखि फागुन १७ गतेसम्म १ हजार ८ सय १० पिन्ट रगत सङ्कलन गरिसकेको अभियान्ता नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस