धादिङ १७ फागुन
धादिङ बोर्डिङ स्कूलका कक्षा ६ र ७ का विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण शनिबार सम्पन्न भएको छ । कक्षा ६ र ७ का विद्यार्थीहरु आफूले पढ्ने पेशा व्यवसाय तथा प्रविधी शिक्षा विषयको प्रयोगात्मक शिक्षण अन्तरगत उक्त भ्रमण आयोजना गरिएको हो । विद्यार्थीहरुलाई कक्षामा सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्न सकिने भएकाले प्रयोगात्मक रुपमै विद्यार्थी आफैले गरेर सिक्छन् भन्ने उद्देश्यका साथ यस्ता खाले भ्रमणहरु आयोजना गरिएको शिक्षक प्रकाश कुमार श्रेष्ठले बताउनु भयो । भ्रमणमा विद्यार्थीहरुले दैनिक भान्सामा बनाइने विभिन्न खानाका परिकारहरु कसरी बनाउने ? तिनीहरुको मात्रा कसरी मिलाउने ? जस्ता विषयहरुको प्रयोगात्मक ज्ञान प्राप्त गरेका थिए । नीलकण्ठ नगरपालिका सिरान बजार नजिकैको थोपल खोला किनारमा भएको भ्रमणमा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरु र पेशा व्यवसाय तथा प्रविधी शिक्षक सर्मिला गुरुङका साथै विज्ञान शिक्षक प्रकाश कुमार श्रेष्ठको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस