धादिङ १६ फागुन
डोल भञ्ज्याङ माध्यमिक विद्यालय गजुरी ५ च्याङ्ली धादिङमा स्थापित प्रगतिशील बाल क्लबको शुक्रबार एक कार्यक्रमका बीच पुर्नगठन गरिएको छ । सविना घिमिरे अध्यक्ष रहने गरी २५ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो । जसको उपाध्यक्षमा सिर्जन तामाङ, सचिवमा विनिता घिमिरे, सहसचिवमा आरियन तामाङ, कोषाध्यक्षमा स्वीकृति वि.क. रहनु भएको छ । वि.सं. २०६५ सालदेखि स्थापित प्रगतिशील बाल क्लबले समुदायमा हुने बाल बिबाह, सामाजिक विकृतिका विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु तथा विद्यालयको बालमैत्री वातावरण सिर्जना गर्नमा महत्त्वपूर्ण सहयोग पु¥याएको विद्यालयका बाल संयोजक शिक्षक लोकनाथ सुवेदीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस