धादिङ १६ फागुन
कपिल जम्कट्टेल
हरेक हप्ता नियमित रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तरगत सुनगाभा एकेडेमीमा शुक्रबार तहगत रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । पहिलो र दोस्रो २ चरणमा सञ्चालन गरिएको कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मलाई गाउँ खाने कथा प्रतियोगिता र कक्षा ६ देखि ९ सम्म स्केच एण्ड डिजाइन कम्पिटिसन सम्पन्न भएको हो । कक्षा १–५ को गाउँ खाने कथा प्रतियोगितामा प्रिजेन्ट सिंखडा र आयुषा कोइराला प्रथम, सन्दिप श्रेष्ठ र जियाना रसाइली द्धितीय तथा विशा अधिकारी र सोनाली गुरुङ तृतीय भएका छन् । यस्तै स्केचतर्फ कक्षा ७ का सोनम लामा प्रथम, कक्षा ६ का न्युजन सुनार द्धितीय र कक्षा ९ की सविना भट्ट तृतीय भएका हुन् ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत कक्षा ६–८ मा पेशा व्यवसाय तथा प्रविधि शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई आधारभूत पेशा व्यवसाय सम्बन्धी ज्ञान दिने उद्देश्यले मःम बनाउने तालिम प्रदान गरिएको हो । यस्तै कक्षा ९ का विद्यार्थीहरुलाई समाजसँग कसरी घुलमिल हुने, सामाजिक व्यवहार कसरी देखाउने, सामाजिक कार्यमा अग्रसरता कसरी जनाउने, समाजमा कस्ता समस्याहरु आइ पर्छन् जस्ता विषयवस्तुहरुका बारेमा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नीलकण्ठ १२ साङ्कोषमा लगाइएको तरकारी बालीको अवलोकन गर्नुका साथै त्यहाँका किसानहरुलाई सहयोग समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस