धादिङ १५ फागुन
जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको १ हजार ५ सय लिटर घरेलु मदिरा बिहीबार नष्ट गरेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी स्थित होटल तथा भट्टी पसलहरुबाट प्रहरीले बुधबार बरामद गरेको ५१ ग्यालिन र २९ वटा बोत्तलका करिब १ हजार ५ सय लिटर अबैध घरेलु मदिरा तथा ३ वटा ड्रममा १ सय लिटर कच्चा पदार्थ बिहीबार पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरेलु मदिरा नियन्त्रण अभियान मार्फत जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार धादिङबेसी बजार क्षेत्र, धादिङको नेत्रावती डबजोङ गाउँपालिका, ,गंगाजमुना गाउपालिका, बेनिघाट रोराङ गाउँपालिकाको मझिमटार, हाप्सेचौर, गल्छी गाउपालिकाको गल्छीबजार, सिद्धलेक गाउपालिकामा सञ्चालित साना तथा ठुला होटलहरुमा समेत घरेलु मदिरा छापा मारेको थियो । घरेलु मदिरा नियन्त्रण अभियान एक महिनासम्म सञ्चालन हुने प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु लगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा नष्ट गरिएका थियो ।
प्रतिक्रिया दिनुहोस