२४ बैशाख धादिङ । सिद्धलेक गाउँपालिकाका कृषकहरुले व्यवसायीक बाख्रापालन शुरुवात गरेका पाईएको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष एवम् गाउँपालिका अनुगमन समितिका संयोजक कमला शर्माको नेतृत्वमा अनुगमन क्रममा किसानहरुमा पशुपालन गर्ने विधि प्रक्रियामा परिवर्तनले गर्दा सकारात्मक बानि व्यवहारको विकास भएको र आम्दानी वृद्धि भएको पाईएको हो । अनुगमनको क्रममा परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको उपाध्यक्ष शर्माले बताउनु भयो । अनुगमनमा प्रयास नेपाल अनुगमन समितिका सदस्य तुलकुमार श्रेष्ठ,समुहको पदाधिकारी ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो ।
अनुगमनको क्रममा सिद्धलेक गाउँपालिकामा वडा १ सिद्धश्वरी स्बबलम्बी समूह खरिबोटमा आबद्ध कमला भट्टले गाउँबस्तीमा नै आएर पशुबस्तु व्यवस्थापन,सुधारिएको खोर निर्माण गर्ने तरिका सिकाएपछि गाउँघरमा व्यवस्थित बाख्रापालन शुरु गरेको बताउनु भयो । भट्टले महिला समूहमा आबद्धता पछि आधारसिला,पशु व्यवस्थापन सम्बन्धि लगायत तालीमबाट ज्ञान तथा सीप हासिल गरी व्यवसायिक बाख्रापालन शुरु गरेको बताउनु भएको छ । बाख्रापालनका लागि खोरगोठ,घाँस,सन्तुलित दाना,खनिज व्यवस्थापन, खनिज,ढिक्का, बाख्राको हेरचाह,महामारी रोगहरु साबधानीर नियन्त्रणका उपायहरु,नश्ल सुधार महत्व,गुणस्तरीय बाख्रा तथा बोका छनौट,बाहिरी परजिवीको बिषयमा ज्ञान पाएपछि व्यवसायिक बाख्रापालन गर्ने प्रेरणा मिलेको पनि भट्टले बताउनु भयो । यसैगरी समुहमा आबद्भता पछि ४ दिने आधारसिला,२ दिने समूह व्यवस्थापन,२ दिने महिला पुरुष सम विकास,२ दिने करेसावारि व्यवस्थापन तालिमले गर्दा आज आफुहरुमा सामाजिक सचेतना तथा आम्दानी बृद्धिमा भएको सिद्धेश्वरी महिला समुहकी अध्यक्ष निशा गुरुङले बताउनु भयो । अध्यक्ष गुरुङका अनुसार कार्यक्रम शुरुमा १४३ बाख्रा रहेकोमा हाल बाख्रा संख्या २५६ पुगेको छ यसैगरी सुधारिएको खोर निर्माण,नश्ल सुधार,पिपिआर खोप,नाम्लेजुकाको औषधी खुवाउने अभियान,कोशे र अकोशे घाँस खेती बिस्तार गर्न सहयोग पछि गाउँगाउँमा व्यवस्थित बाख्रापालन गर्ने किसान संख्या बृद्धि बताउनु भयो ।घांस ब्यवस्थापन तालिम ,प्रजनन स्वास्थ्थ तालिमले पनि परिवर्तनमा सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनु भयो ।
सिद्धलेक गाउँपालिका,हेपर ईन्टरनेशनलको आर्थिक प्राविधिक सहयोगमा प्रयास नेपाल धादिङले सिद्धलेक गाउँपालिकाको बडा नं १ देखि ५ सम्मका महिलाहरुलाई ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गरि ४३ वटा समूहमा आबद्ध गराई सामजिक पूँजि र महिला सशक्तिकरणलाई मजवुद बनाई राख्नको लागि कृषक परिवारहरुलाई कृषकहरु संस्थामा संगठित गर्नका साथै व्यवस्थिपकिय क्षमता अभिबृद्धि गर्ने,बाख्राको उत्पादन र उत्पादकत्व बृद्धिका लागि बाख्रा पालन किसानहरुको ज्ञानमा बृद्धि गरी पशु स्वास्थ्यमा पहुँच वढाउने र उत्पादनमा सहयोग र अन्य व्यवसायमा सहयोग गर्ने लक्ष्य अनुसार भएको कामबाट उपलब्धीहरु देखिन थालेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रमका संयोजक ईश्वरी कोईरालाले बताउनु भयो । किसानहरुले समूह समूहमा बाखा,बोका उत्पादन बृद्धि भएसँगै बजारीकरणमा पनि सहकारी मार्फत बिक्री तौल गरेर बेच्न पनि थालेका छन् । साना किसानहरुले आम्दानीको स्रोत बृद्धि गर्न , स्थानीय स्तरमा भएको स्रोत,साधन,सीप र सानो लगानीबाट गर्न सकिने र बाख्रापालनको लागि उपयुक्त बातावरण भएको र बजारको समस्या नभएकाले गाउँपालिकाले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गरी आर्थिक रुपमा सम्बृध गाउँपालिका बनाउने लक्ष्यमा सहयोगको लागि गाउँपालिकाको साझेदारीतमा कार्यक्रम संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस