१४ फाल्गुन २०७६, बुधबार
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ निर्माणधिन विद्यालय, सडक र पुलहरुको मङगलबार बागमती प्रदेशका साँसदद्धारा अनुगमन गरिएको छ । बागमती प्रदेशका साँसद जगत बहादुर सिंखडाको एक टोलीले रुवीभ्यालीको बोराङ देखि तिप्लिङ सम्म जोड्ने सडक खण्डको अनुगमन गरिएको हो । सिंखडाले लपाङफेदीमा निर्माणधिन पुल, डुङडुरे खोलाका पुलहरुको अनुगमन गरिएको हो । यसै गरी अनुमनकै क्रममा डुङडुरे खोलामा निर्माणधिन पक्की पुल ३ महिना भित्र ठेकेदार कम्पनीले सम्पन्न नगरे निर्माणधिन पुलको वालहरु भत्काएर यातायातहरु सुचारु गर्ने सिंखडाले बताउनु भयो । आर जे कन्जक्सन कम्पनी काठमाण्डौले २०७७ जेष्ठ मसान्त सम्म सम्पन्न गर्ने भनी पुलको सम्झौता गरेता पनि अहिले ५० प्रतिशत काम पनि सम्पन्न गरेका छैन् । ठेकेदार कम्पनीले निमार्णधिन पुलको निर्माण कार्यमा ढिला सुस्ती समेत गरिरहेको पाइएको छ ।
अनुगमन कै क्रममा टुकी नेपाल समाजको सहयोगमा रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ अवाई स्थित डुवाङ आधारभुत विद्यालयको निर्माणधिन ४ कोठे पक्की भवन समेत अनुगमन गरिएको छ । टुकी नेपाल समाजले ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागि विशेष सहयोग गर्ने टुकी नेपाल समाजका अध्यक्ष, समाजसेवी तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा कमलले बताउनु भएको छ । सापकोटाले सरकारी तथा नीजि विद्यालयहरुमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा लागु गर्न अति आवश्यक रहेको बताउनु भयो । अनुगमनमा बागमति प्रदेशका साँसद जगत बहादुर सिंखडा, टुकी नेपाल समाजका अध्यक्ष, समाजसेवी तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा कमल, नेकपा रुवीभ्याली गाउपालिका नेता तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस