धादिङ ११ फागुन
गजुरी गाउपालिका वडा नम्वर २ धरमपानी गाउलाई सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको छ । धरमपानी गाउको ६४ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछि सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो । “सरसफाइ र स्वच्छतामा एक कदम अघि सरी, सधै सुरक्षित पानी पिउछौ हामी गाउँभरी “ भन्ने मूल नाराका साथ सामुदायिक घोषणा तथा प्रतिबद्धता समारोह सम्पन्न भएको हो । धरमपानी गाउमा ज्वालामूखी र अन्नपूर्ण सामुदायिक संस्थाको आफ्नै श्रोतमा ६४ घरधुरीको लागि पानी शुद्धीकरण गर्नको लागि फिल्टर खरिद गरी बितरण गरिएको थियो । ज्वालाूुखी सामुदायिक संस्थाका अध्यक्ष डिलमाया बि.क. को अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी गाउपालिका, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, गजुरी गाउपालिका ने क पा पार्टी सचिब माधब भन्डारी, वडा सदस्य नेतानन्द थपलिया, शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल, सन्जय बहादुर चन्द, सद्भाव गरिबी निबारण सहकारी संस्थाका व्यवस्थापक बासु सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सामुदायिक सस्थाका जेष्ठ सदस्य राजकुमारी योन्जनलाई फिल्टर हस्तातरण गर्दै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । पूर्ण सरसफाइ निर्र्दे्शिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाई पूर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिति धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानीय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा गर्ने कार्यक्रम समेत रहेको छ । यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्थाको सहयोगमा शान्ति नेपालले गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्दालेक गाउँपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस