धादिङ ११ फागुन
सहिदहरुको सिद्धान्त र सपनाहरु पुरा गर्न सके मात्र मजदुर दिवस मनाउनुको औचित्य रहने अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोम बहादुर थापाले बताउनु भएको छ । उपाध्यक्ष थापाले सहिदहरुले देखाएको बाटोलाई निरन्तरता दिँदै अगाडि बढ््नु पर्ने बताउदै राज्यले मजदुरहरुको सेवा सुविधालाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । अखिल नेपाल टे«ड युनियन महासंघ र मजदुर शहिद बेपत्ता स्मृति प्रतिष्ठान धादिङले आइतबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा आयोजना गरेको १९ औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा थापाले सो कुरा बताउनु भएको हो । यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका सचिव विजय बुर्लाकोटीले पार्टी एकतापछि मजदुरहरुको एकताको विषयमा स्थानीय तहदेखि प्रदेश तहसम्म तत्काल टुङ्ग्याउनुपर्ने बताउनु भयो । सचिव बुर्लाकोटीले संघ प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा बन्दै गरेको शहिद पार्कले बेनिघाट रोराङ गाउपालिका वडा नम्बर १० को छुट्टै पहिचान बनाउने बताउदै शहिद पार्क निमार्णपछि पर्यटकहरुको आवागमनमा दिन प्रतिदिन बृद्धि हुने समेत बताउनु भयो ।
अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष वद्रि प्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष सोम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नेपाल कम्युनिष्ट पाटी(नेकपा) धादिङका जिल्ला सचिव विजय बुर्लाकोटीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी(नेकपा) बेनिघाट रोराङ गाउँपालिका कमिटीका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक), नेकपा बेनिघाट रोराङ गाउँपालिका कमिटीका सचिव रमेश भट्टराई, बेनिघाट रोराङ गाउँ पालिकाका अध्यक्ष हरि डल्लाकोटी लगायत शहित तथा बेपत्ता योद्धाका परिवारजन, नेपाल कम्युनिष्ट पाटी(नेकपा)का कार्यकर्ता र स्थानीहरुहरुको सहभागिता रहेको थियो ।
२०५८ साल फागुन ११ गते साविकको जोगिमारा गाविसका १७ जना मजदुरहरुलाई कालिकोट जिल्लाको कोटबाँडा विमानस्थल निर्माणका क्रममा तत्कालिन शाही नेपाली सेनाले माओवादीको आरोप लगाइ हत्या गरेको थियो । सोही दिनको सम्झनामा अखिल नेपाल ट्रेड युनियन महासंघले हरेक वर्षको फागुन ११ गते मजदुर बलिदान दिवस मनाउँदै आएको छ । कार्यक्रममा शहिद तथा वेपत्ता योद्धाहरुको परिवारलाई सम्मानपत्र, दोसल्ला र नगदसहित अभिनन्दन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस