धादिङ ०८ फागुन
स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम स्थापना दिवसको अवसरमा बिहिबार वृहत खुल्ला रक्तदान कार्यक्रम भएको भएको छ । बिहिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म नीलकण्ठ ३ स्थित स्वर्णिम धादिङ साकोसको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो कार्यक्रममा महिला ३१ र पुरुष ५५ गरी ८६ जनाले रगत दान गरेका थिए । पछिल्लो समयमा जिल्लामा अत्याधिक रुपमा बढेको रगतको अभावलाई न्युनिकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष अशोक कुमार बस्नेतले बतानुभयो ।
विशेष गरी दुर्घटनामा परेका घाईते तथा बिरामीलाई सहजै रुपमा रगत उपलब्ध गराउने उद्देश्यले जिल्लाका बिभिन्न स्थानमा वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरिदैँ आएको नेपाल रेडक्रस सोसाईटी धादिका सदस्य नारायन कुमार श्रेष्ठले बताउनुभएको छ । स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा धादिङ सोसियल भोलिन्टिएर नेपालको सह–आयोजनामा भएको उक्त वृहत खुल्ला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, सेयर सदस्यहरु तथा स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस