धादिङ ०७ फागुन
नियमित अध्यापनका साथै रचनात्मक रुपमा विभिन्न अतिरिक्त कार्यकलाप मार्फत शिक्षण कृयाकलाप अगाडि बढाउदै आएको जिल्लाकै पहिलो संस्थागत विद्यालय सुनगाभा एकेडेमी धादिङले बुधबार कपडामा सियो र धागो ले बुट्टा बनाउने कला को विकास गर्नको लागि ह्यान्ड निटिङ कार्यक्रम सञ्चालन गरेको छ । पेशा व्यवसाय तथा प्रविधि शिक्षा विषयको पाठ्यक्रममै उल्लेख भएको उक्त कार्यकपाल सैद्धान्तिक रुपमा नभइ प्रयोगात्मक रुपमै गरेर विद्यार्थीहरुलाई थप जानकारी दिइएको विद्यालयका पेशा व्यवसाय तथा प्रविधि विषय शिक्षक कपिल जम्कट्टेलले बताउनु भयो । पढेर मात्र होइन प्रयोगात्मक रुपमै गरेर धेरै कुराको जानकारी लिन सकिने र उक्त ज्ञान लामो समयसम्म दिमागमा ताजै रहने विद्यार्थीहरुले बताएका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस