धादिङ ०६ फागुन
उत्तरी धादिङ को खनियाबास १ निबासी तारा थापा तामाङ लाई म्हेन्दोमाया कलाकार संघले आर्थिक सहयोग गरेको छ । बिगत ५ महिनादेखि दुबै मृगौला फेल भएर सहिद मेमोरियल हस्पिटलमा उपचाररत तामाङलाई म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष सन्दिप स्याम्चेन तामाङको सक्रियतामा तारा थापा तामाङ बचाउ अभियान कार्यक्रम गरेर अक्षरुपी रु, सत्ताइस हजार,एक सय पैतिस रुपैया सङ्कलन गरि हस्तान्तरण गरेको हो । विगतदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको म्हेन्दोमाया कलाकार संघ धादिङले आसा माया तामाङ बचाउ अभियान,राम्री माया बचाउ अभियान र सन्जिब तामाङ बचाउ अभियान जस्ता कार्यक्रमहरु सञ्चालन गरेको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर तथा उपचारमा करिब १० लाख खर्च भइसकेको छ । आगामी दिनहरुमा पनि यस्तै आर्थिक अवस्था कमजोर भएर उपचार अभाव भएका नागरिकहरुलाई सहयोग गर्दै अगाडि बढ्ने संस्थाका अध्यक्ष सन्दिप स्याम्चेनले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस