धादिङ ०६ फागुन
भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ–३, धादिङले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा बाल बचतकर्ताहरुको लागि चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत बाल बचतकर्ताहरुका लागि आयोजित वक्तृत्वकला प्रतियोगितामा अस्मिता श्रेष्ठ प्रथम, आदर्श खतिवडा द्धितीय, इभ श्रेष्ठ तृतीय र सलिसा तिमल्सिना सान्त्वना भएका थिए ।
यस्तै कक्षा १ देखि ५ सम्मका बाल बचतकर्ताहरुका लागि आयोजित चित्रकला प्रतियोगितामा समर अमात्य प्रथम, अभिनभ श्रेष्ठ द्धितीय, सन्दिप कोइराला तृतीय र साधना तिमल्सिना सान्त्वना भएका थिए ।
विजयी विद्यार्थीहरुलाई क्रमशः नगद रु २०००, १५००, १००० र ५००, प्रमाणपत्र र मायाको चिनाद्धारा पुरस्कृत गरिएको थियो । भैरवी वचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको संयोजनमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षता, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, भैरवी साकोस शिक्षा उपसमिति संयोजक विनोदमान श्रेष्ठ, शान्तविक्रम बानिया लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस