धादिङ ०६ फागुन
पढाइसँगै सिकाइ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रयोगात्मक कक्षालाई जोड दिदै अगाडि बढेको धादिङ बोर्डिङ स्कूलका विद्यार्थीहरुले आफ्नो प्रयोगात्मक कार्य अन्तरगत च्याउ उत्पादन गरेका छन् । पेशा व्यवसाय तथा प्रविधि शिक्षा अन्तरगत प्रयोगात्मक परीक्षा स्वरुप विद्यार्थीहरुले विद्यालयमै च्याउ खेती गर्ने तरिका, च्याउ खेतीका लागि आवश्यक पूर्वाधारहरु, रेखदेख तथा च्याउ खेतीका लागि आवश्यक सीप सिक्दै च्याउ उत्पादन समेत गरेका हुन् । विद्यालयको पेशा व्यवसाय तथा प्रविधि शिक्षाको पाठ्यक्रममै भेजिटेबल फार्मिङ सम्बन्धी पाठ रहेकाले विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै सिकाएको विषय शिक्षक वालकृष्ण लम्सालले बताउनु भयो । कक्षा ६ र ७ का विद्यार्थीहरुले करिब १ महिना लगाएर उत्पादन गरेको १० पोका च्याउ मङ्गलबार विद्यालयका प्रधानाध्यापक हरि लम्सालले काटेर विद्यार्थीहरुलाई वितरण गर्नुभएको हो । यस्ता प्रयोगात्मक कृषि कार्यमा विद्यार्थीहरुलको चासो र जागरुकता अत्यन्तै बढी देखिएकाले आगामी दिनमा विस्तृत रुपमै च्याउ उत्पादन गर्ने र त्यसबाट भएको आम्दानी विद्यार्थीहरुकै हितमा खर्च गरिने प्रधानाध्यापक लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस