धादिङ ०४ फागुन
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङले नीलकण्ठ नगर पतञ्जली योग समिति धादिङलाई ३० वटा योगा म्याट हस्तान्तरण गरेको छ । आफ्नो स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत नगरभित्र योग सम्बन्धी कार्य गर्ने संस्थासँग समन्वय र सहकार्य गरी नगरबासीलाई निःशुल्क योग कायक्रमको दोस्रो चरण अन्तरगत पतञ्जली नगर योग समितिले दैनिक रुपमा सञ्चालन गर्दै आएको योग सेन्टरमा योगा गर्न सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डा. सुइरा जोशी, गोकुल पराजुली र प्रकाश सापकोटाले संयुक्त रुपमा ३० वटा योगा म्याट हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा पतञ्जली योग समिति धादिङकी अध्यक्ष एवं प्रशिक्षक कमला श्रेष्ठ, नगर अध्यक्ष सुमिला श्रेष्ठ, योग अभियन्ता गोविन्द कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सम्बृद्धि र खुसी रहनको लागि आध्यात्मिक, शारीरिक र मानसिक रुपमा आफू स्वस्थ रही आफ्नो परिवार समाज र राष्ट्र निर्माणका लागि सकारात्मक सहयोगको भूमिका निर्वाह गर्दै “गरौँ योग रहौँ निरोग, सबैको लागि सधैँको लागि योग” भन्ने मूल मन्त्रका साथ पतञ्जली योग नीलकण्ठ नगर समितिले दैनिक बिहान ४ः३० देखि ६ः३० सम्म धादिङवेसीस्थित फुटसलमा योग साधना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस