रसुवा ०२ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट साबिकको अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)को एकता पश्चात गठित अनेरास्ववियु रसुवा जिल्ला कमिटिले आफ्नो एकता कार्य सम्पन्न गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य सुरेश अधिकारी, कृष्ण न्यौपाने अनेरास्ववियु रसुवा जिल्ला संयोजक अर्जुन पौडेल एवं अनेरास्ववियु जिल्ला सह संयोजक सनथ देबकोटाको कार्यदलले आफ्नो एकता कार्य टुङ्गो लगाएको हो । साबिक अनेरास्ववियुबाट २० सदस्य तथा अनेरास्ववियु(क्रान्तिकारी)को तर्फबाट १५ सदस्य सहित ३५ सदस्यीय जिल्ला कमिटीको टुङ्गो लगाएको हो । साथै बैठकले ७ सदस्यीय कार्यलय समेत निर्माण गरेको छ । कार्यलयमा ४ जना साबिक अनेरास्ववियु बाट र ३ जना अनेरास्ववियु(क्रान्तिकारी)को तर्फबाट प्रतिनिधित्व भएको छ ।
जस अनुसार साबिक अनेरास्ववियुबाट
सनथ देबकोटा
दिपक पौडेल
पुरुसोत्तम न्यौपाने
विजय न्यौपाने
साबिक अनेरास्ववियु(क्रान्तिकारी)बाट
अर्जुन पौडेल
कमल तामाङ
प्रबिण घिमिरे
प्रतिक्रिया दिनुहोस