धादिङ ०२ फागुन
धादिङबेसीमा सुविधा सम्पन्न शुक्रबारबाट होटल एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी सुवास बसेल, सुक लामा तामाङ, पुरुषोतम न्यौपानेको संयुक्त लगानीमा मिसन होटल एण्ड रिसोर्ट टुर एण्ड ट्राभल प्रा.लि.को शुक्रबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जम्कट्टेलले एक समारोहकाबीच उद्घाटन गर्नुभएको हो । पर्यटन वर्ष २०२० लाइ लक्षित गर्दै धादिङ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्तरीय आवास र खानपानको व्यवस्थाका लागि सुविधा सम्पन्न होटल खुलेको हो । होटलको औपचारिक उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले पर्यटनका हिसाबले धादिङ जिल्ला अत्यन्तै सम्भावना बोकेको जिल्ला भएकाले जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई पहिचान र प्रबद्र्धन गर्नमा मिसन होटल एण्ड रिसोर्टले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले धादिङको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य उत्तरी धादिङलाई लक्षित गरी होटल तथा होम स्टेहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै युवा पर्यटन व्यवसायी कमल सापकोटाले होटलले पाहुनाहरुको स्वागत सत्कार, सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।
मिसन होटल एण्ड रिसोर्ट टुर एण्ड ट्राभल प्रालिका अध्यक्ष सुवास बसेलको अध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिक राम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उप प्रमुख विन्दा बरामू, नेकपा धादिङका सचिव विजय बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विशेष जिल्ला कमिटी अध्यक्ष एवं युवा पर्यटन व्यवसायी कमल सापकोटा, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ लगायत जिल्लाका उद्योगी व्यवसायी, संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । करिब ५ करोड ५५ लाख लगानीमा सञ्चालित उक्त होटलमा २२ वटा याटेज रुम, १ सय ५० जना अट्ने सुविधा सम्पन्न थ्रि डि सेमिनार हल, विश्वको जुनसुकै ठाउँबाट पैसा पठाउन र झिक्न सकिने रेमिट्यान्स सेवा, ¥याफ्टिङ, प्याराग्लाइडिङ र प्लेनको टिकटको समेत सुविधा रहेको मिसन होटल एण्ड रिसोर्ट टुर एण्ड ट्राभल प्रा.लि.का अध्यक्ष सुवास बसेलले बताउनु भयो । यस्तै धादिङ जिल्लाका ट्रेकिङ क्षेत्रलाई पहिचान र प्रर्बद्धन गर्दै यो वर्ष करिब २० हजार पर्यटक धादिङ भित्र्याउने लक्ष्य राखेको अध्यक्ष बसेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस