धादिङ ०१ फागुन
२५ औँ महान् जनयुद्ध दिवस अर्थात जनयुद्ध, जनआन्दोलनका सहिदहरुको सम्झनामा सहिद स्मृति दिवसको अवसर नेकपा नीलकण्ठ नगर कमिटीले बृहत खुल्ला रक्तदान कार्यक्रम विहिबार धादिङबेसीमा सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३२ जना पुरुष र १२ जना महिला गरी ४४ जनाले रक्तदान गरेका थिए । धादिङवेसीस्थित नेकपा पार्टी कार्यालय मदन आश्रित भवनमा बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म भएको बृहत खुल्ला रक्तदान कार्यक्रम स्वयंसेवी रक्तदाता, पार्टी कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको सुभारम्भ नेकपा धादिङका अध्यक्ष नेत्र पौडेलले रगत सङ्कलन गर्ने व्याग हस्तान्तरण गरेर गर्नुभएको थियो । नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रमको प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले गरेको थियो । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवस मनाइने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस