धादिङ ०१ फागुन
पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर १३ गीतानगरका २२ वर्षकी सर्मिला सिलवाल र २० वर्षकी महिमा सिलवाल रहेका छन् । भैरहवाबाट काठमाडाँैतर्फ आउदै गरेको लु २ ख १३५ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा घाईते भएकी महिमा सिलवालको उपचारको क्रममा गजुरी प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने अर्का घाइते सर्मिला सिलवालको काठमाडाँैस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने बस चालक रामदी पिपलडाँडा गाउपालिक वडा नम्बर ६ पाल्पाका ४४ बर्षीय रणविर गौतम इलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस