गोरखा २९ माघ
गोरखाको भिमसेन थापा गाउँ पालिकामा भिमसेन थापा बोर्लाङ प्रतिष्ठान गठन गरिएको छ । नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापाको जन्मस्थल बोर्लाङमा प्रतिष्ठान गठन गरी निर्माण कार्य सुरु गर्नका लागि राजु थापा, टंक बहादुर श्रेष्ठ र तिरतेन्द्र जंग थापाको अध्यक्षतामा तीन वटा उपसमिति गठन गरिएको हो । भिमसेन थापाका सन्ततिहरुको नाममा रहेको जग्गा प्रतिष्ठानको नाममा ल्याएर विभिन्न पूर्वाधार निर्माणका लागि प्रतिष्ठान गठन गरिएको हो । बैठकले पदमार्ग निर्माण र भिमसेन थापा गाउँपालिकामै पर्ने प्रशिद्ध धार्मिक स्थल चण्डीथान मन्दिर निर्माण समिति समेत गठन गरेको छ । यस्तै भिमसेन थापाको सालिक अनावरण गर्नका लागि पूर्वाधार बनाउने तयारी समेत गरिएको अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस