धादिङ २९ माघ
२५ औँ महान् जनयुद्ध दिवस अर्थात जनयुद्ध, जनआन्दोलनका सहिदहरुको सम्झनामा सहिद स्मृति दिवसको अवसर पारी नेकपा नीलकण्ठ नगर कमिटीले बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । धादिङवेसीस्थित नेकपा पार्टी कार्यालय मदन आश्रित भवनमा बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म हुने रक्तदान कार्यक्रममा सम्पूर्ण स्वयंसेवी रक्तदाता, पार्टी कार्यकर्ताहरुलाई रगत दान गरी जीवन दान गर्न आयोजकले आग्रह गरेको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवस मनाइने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस