धादिङ २८ माघ
प्रेम बहादुर तामाङ
धादिङबेसी साङ्कोष तिप्लिङ सडकखण्डलाई बैकल्पिक मार्गको रुपमा लाने तयारी भैरहेको बागमती प्रदेशका सांसद जगत सिंखडाले बताउनु भएको छ । मङगलबार धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ तिप्लिङ स्थित दोङदेनदेवी माध्यमिक विद्यालयको ४१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलामा बोल्दै सांसद सिंखडाले शिक्षा क्षेत्रको विकास गर्न सामुदायिक तथा नीजि विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागु गर्नुपर्ने बताउनु भयो । रुवीभ्याली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पेम्बा घलेको अध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेशका सांसद जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ, नेकपा जिल्ला कमिटी सदस्य मंग तामाङ लगायत स्थानीय जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । विद्यालयको वार्षिक, उत्सवकै अवसरमा विद्यालयमा भएको बेलुन रेस, वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद, वार्षिक शैक्षिक पुरस्कार, म्युजिकल चियर, फुटबल प्रतियोगिता, सुन्दर नेपाली अक्षर लेखन प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस