धादिङ २४ माघ
धादिङ जिल्लामा पहिलो पटक चित्रकला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको छ । धादिङ सिर्जना प्रतिष्ठानको समन्वयमा धादिङका सिर्जनशील चित्रकार जगत तामाङले सिर्जना गरेको करिब ३० वटा चित्रहरु प्रर्दशनीमा राखिएको छ । शुक्रबारबाट सुरु भएको प्रदर्शनी २ दिनसम्म चल्नेछ । सिर्जना प्रतिष्ठानका संस्थापक अध्यक्ष बद्री प्र्रसाद दाहालको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हिम्स नेपालका निर्देशक सिलास तामाङ, शान्ति नेपालका प्रमुख इन्द्रमान शाक्य विभिन्न सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक, शिक्षिकाहरु लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
शिक्षा क्षेत्रको विकास गर्न चित्रकलाले ठुलो सहयोग मिल्ने शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले बताउनु भएको छ । सामुदायिक तथा नीजि विद्यालयहरुमा शिक्षकहरुले विद्यार्र्थीहरुलाई चित्रकला, खेलकुद तथा मनोरञ्जनलाई पनि विशेष जोड दिनु पर्ने बताउनु भयो । प्रमुख आचार्यले नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा अगाडि बढाएकाले नेपालका चिनारीहरुलाई विश्वभर फैलाउनु पर्नेमा जोड दिनु भयो । भविष्यमा चित्रकला तर्फ लाग्ने जो कोहीको पनि भविष्य उज्ज्वल हुने आचार्यको भनाई रहेको छ । चित्रकलालाई राम्रो बनाउन सके देश तथा विदेशहरुमा भ्रमण गर्ने अवसर प्राप्त हुने र आफ्नो सीप क्षमताको समेत अभिबृद्धि हुने आचार्यले बताउनु भयो ।
चित्रकार जगत तामाङ
जगत तामाङद्धारा निर्मित चित्रहरु
प्रतिक्रिया दिनुहोस