धादिङ २४ माघ
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ सुनगाभा एकेडेमी धादिङबेसीमा यही माघ २० गतेदेखि सुरु भएको खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ । सुनगाभा एकेडेमीका प्रधानाध्यापक बद्रि लम्सालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका सचिव कृष्ण लाल श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका स्रोत शिक्षक मेघनाथ कोइरालको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रबन्ध सञ्चालक रामहरि अधिकारी, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
खेलकुद सप्ताहमा स्किपिङ, रिले दौड, टग अपवार, गणित दौड, खो–खो, टेबल टेनिस, चेस लगायतका ३० भन्दा बढी खेलहरु भएका थिए । कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको खेलकुद सप्ताहमा १७ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३९ पदकका साथ पहेलो सदन उत्कृष्ठ सदन हुन सफल भएको छ । यस्तै १० स्वर्ण, ४ रजत र ९ कास्य सहित कुल २३ पदकका साथ निलो सदन दोस्रो, ८ स्वर्ण, १७ रजत र १० कास्य सहित कुल ३५ पदकका साथ हरियो सदन तृतीय र ५ स्वर्ण, ७ रजत र १३ कास्यसहित कुल २५ पदकका साथ रातो सदन सान्त्वना भएको हो ।
खेलकुद उत्सव समापनकै क्रममा अभिभावकहरु र शिक्षकहरुका लागि छुट्टा छुट्टै खेलहरु खेलाइएको थियो । महिला अभिभावकहरुका लागि खेलाइएको तातो आलु खेलमा मनु गुरुङ प्रथम, उषा कोइराला द्धितीय र लक्ष्मी दुवाडी तृतीय हुनुभएको थियो भने पुरुष अभिभावकहरुको लागि खेलाइएको म्युजिकल चियर खेलमा कमल वि.क प्रथम, नविन कुमार द्धितीय हुनुभएको थियो । यस्तै शिक्षकहरुको लागि खेलाइएको बेलुन फुक्ने र फुटाउने खेलमा शिक्षक कपिल जम्कट्टेल विजयी हुनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रताप तामाङले धादिङ जिल्ला खेलुकदका क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको जिल्ला भएको बताउदै जिल्ला खेलकुद विकास समिति धादिङले विद्यालय र विद्यार्थीहरुको खेल क्षेत्रमा विकास गर्न सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि नीलकण्ठ नगरपालिका धादिङका स्रोत शिक्षक मेघनाथ कोइरालाले नीलकण्ठ नगरपालिकाले विद्यालय तहको शिक्षा र विद्यार्थीहरुको खेल क्षेत्रलाई सुधार गर्न विशेष कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने बताउनु भयो ।
यस्तै विद्यालयका प्रबन्ध सञ्चालक रामहरि अधिकारीले नियमित शारीरिक अभ्यासले विद्यार्थीहरुलाई फुर्तिलो, तन्दुरुस्त, स्वस्थ बनाउनका साथै नियमित अध्ययनमा पनि सहयोग पु¥याउने बताउदै आगामी दिनमा सुनगाभा एकेडेमीको खेल क्षेत्रलाई थप सुधार गर्ने प्रतिबद्धता जनाउनु भयो ।
शिक्षक कपिल जम्कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक अनुप भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रमका थप झलकहरु
प्रतिक्रिया दिनुहोस