धादिङ २३ माघ
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ चिमचोकमा आधुनिक कोदो कुट्ने मेसिन सञ्चालनमा आएको छ । गङ्गाजमुना गाउँपालिका वडा नं ३ चिमचोकका दुई दाजु भाई लालबहादुर तामाङ र बलाङदुङ तामाङले रु २ लाख रकममा मेसिन किनेर सञ्चालनमा ल्याएका हुन् । एक भारी कोदो कुटेको ज्याला रु. सयका दरले सञ्चालकहरुले लिदै आएका छन् । किसानहरुसँग ल्याएको कोदो कुटेर दैनिक १२ सय रुपैंया सम्म आम्दानी हुने गरेको लालबहादुर तामाङले बताउनु भयो । गाउँमा कोदो कुट्ने मेसिन आएपछि कोदो कुट्न सजिलो हुने र कामदार पनि नचाहिने हुँदा सहज भएको स्थानीय बासिन्दाहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस