गोरखा २३ माघ
मेघा टेलिभिजनले यही पौष ३ गते भिमसेन थापा गाउँ पालिकाको कार्यालयमा गरेको छड्केप्रति भिमसेन थापा गाउँ पालिकाले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ । मेघा टेलिभिजनका पत्रकारहरुको टोलीले पौष ३ गते दिउँसो २ः४५ तिर बिदा, काज तथा कार्यालयमा रहेका कर्मचारीहरु कार्यकक्षमा रहेको अवस्थामा पनि कर्मचारी कार्यालयमा नभएकाले सेवा प्रवाहमा असर परेको भन्दै कर्मचारीको मान मर्दन गर्ने किसिमका भाषाशैली सहितका भिडियो रिपोर्ट युट्युव मार्फत बाहिर आएपछि गाउँ पालिकाले गम्भीर ध्यानाकर्षण भएको बताएको हो । नियमित रुपमा जनताको सेवामा खटिरहको तथा जनताको सेवा प्रवाहमा कुनै पनि गुनासो नआउदा समेत कार्यालयमा कार्यरत कर्मचारीहरुले आफुले नागरिकको सेवामा पुर्याएको योगदानको समेत खिल्ली उडाउने गरी समाचार प्रशारण गरेकोमा दुःख व्यक्त गरेको छ ।
भिमसेन थापा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा देशव्यापी रुपमा भएको वेमौसमी हिउँदे वर्षादको कारण पहाडी ग्रामीण क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेका कच्चीबाटोमा सवारी साधन चलाउँदा हिलो तथा चिप्लो हुनु स्वभाविक नै हो । यस प्रकारको सामग्री भिडियो बनाएर प्रसारण गरी गाउँपालिकाले केही काम गर्न नसकेको भनि सिंगो गाउँपालिकालाई नै वदनाम गर्ने खालको समाचार प्रशारण गर्नुको औचित्य देखिएन । भनिएको छ ।विज्ञप्तीमा भिमसेन थापा गाउँपालिकाले चालु आर्थिक वर्षलाई विकासको चरम वर्षको रुपमा लिई विकास निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि वढाईरहेको व्यहोरा सम्वद्ध पक्षलाई जानकारी गराउन चाहन्छौ, साथै यस गाउँपालिकावाट उपलव्ध हुने सेवा र सुविधाको विषयमा स्थानीय नागरिकहरुवाट कुनै पनि गुनासो नआएको हुँदा आउदा दिनहरुमा समेत सञ्चार माध्यमको नाममा विभिन्न अमुर्त उद्धे्रश्यका साथ यस्ता भ्रमपूर्ण समाचारहरु प्रशारण गरी सिंगो संस्थाको साख गिराउने तथा राष्ट्र सेवक कर्मचारीहरुको मनोवल घटाउने कार्य नगर्नु नगराउनु हुन समेत सम्वद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ भनिएको छ ।
प्रतिक्रिया दिनुहोस