धादिङ २० माघ
गणेश हिमाल क्याम्पस धादिङबेसीमा १५ दिने कर भ्याट सम्बन्धी तालिम सुरु भएको छ । विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्थामा जागिरको लागि सहजता होस् तथा विविएस अध्ययनरत विद्यार्थीहरुलाई विषयगत अध्ययनमा थप टेवा पुगोस् भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्याम्पस प्रमुख ईश्वरी पाण्डेले बताउनु भयो । विविएस अध्ययनरत ३८ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिमको सहजकर्ताको रुपमा ईश्वर कडेंल रहनुभएको छ । क्याम्पसमा सैद्धान्तिक पढाई मात्र होइन प्रयोगात्मक रुपमा पनि विद्यार्थीहरुको सीप विकास गर्ने र तथा दक्ष र अनुभवी बनाउने उद्देश्यले विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोले यो कार्यक्रममा पनि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेका क्याम्पस प्रमुख पाण्डेले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस