धादिङ १७ माघ
बेनिघाट रोराङ गाउापालिका वडा नम्वर ३ मालिङ्गामा गाउँपालिका स्तरिय पूर्ण सरसफाई रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी शुक्रबारबाट शुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको आयोजना र शान्ति नेपालको प्राविधिक सहयोगमा गाउँपालिका स्तरिय पूर्ण सरसफाई रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको अध्यक्षतामा भएको गोष्ठमिा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नेपालले राष्ट्रिय अभिभारा पुरा गर्ने काममा गाउँपालिका लागेको खुशी ब्यक्त गर्दै धादिङ जिल्लालार्ई सन् २०२३ सम्ममा सफा र स्वच्छ जिल्ला र २०२५ सम्ममा पूर्ण सरसफाई उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा वेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भटराई , वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु र विभिन्न संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि गरी ५५ जनाको सहभागिता रहेको छ । “समृद्ध बेनिघाट रोराङ हाम्रो पहिचान, स्वास्थ्य स्वच्छता र विकासका लागि पूर्ण सरसफाई अभियान” भन्ने मुल नाराका साथ शुरु भएको गोष्ठीमा शान्ति नेपालका कार्यकारी निर्देशक डाक्टर कृष्णमान शाक्य र कार्यक्रम निर्देशक पि. आर शर्माले विषय वस्तुमाथि सहजिकरण गर्नुभएको छ । गोष्ठीले बेनिघाट रोराङ गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउने अभियानका लागि योजना बनाउने र कार्यान्वयन गर्ने रणननीतिको प्रारुप तयार गर्ने शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस