धादिङ १४ माघ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ सल्यानकोट स्वास्थ्य चौकीमा मङ्गलबार आँखा कान, नाक घाँटी र मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा आँखा कान, नाक, घाँटी र मुखलाई स्वस्थ राख्न अपनाउनु पर्ने उपायहरुका बारेमा जानकारी गराउदै सो समस्याका कारण विद्यार्थीहरुको विद्यालय उपस्थिति दर कम हुदै गएका कारण सो समस्या समाधान र समुदायका मानिसहरुमा पनि यस्ता स्वास्थ्य समस्या नहोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । त्रिपुरासुन्दरी गाउपालिका वडा नं ४ का वडा अध्यक्ष कपिलदेव सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं ४ भित्रका विद्यालयका स्वास्थ्य शिक्षक÷शिक्षिकाहरु, महिला स्वयसेवीकाहरु, स्वास्थ्यकर्मी लगायत ३० जनाको सहभागिता रहेको त्रिपुरासुन्दरी गाउपालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस