धादिङ १४ माघ
विद्यालयको २३ औँ वार्षिक उत्सव एवं अभिभावक दिवसको पूर्वसन्ध्यामा धादिङ बोर्डिङ स्कुलका विद्यार्थीहरुले सितलबजारस्थित महादेव मन्दिर वरपर सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको धादिङ बोर्डिङले मङ्गलबार मन्दिर वरपर सरसफाइ गरेको हो । विद्यार्थीहरुलाई नियमित पढाइसँगै सामाजिक कार्यमा पनि अग्रसर गराउने उद्देश्यका साथ यस्ता खाले सामाजिक गतिविधि गर्दै आएको विद्यालयका सेकेन्डरी लेभल इन्चार्ज अपिल कोइरालाले बताउनु भयो ।
धादिङ बोर्डिङका विद्यार्थीहरु पढाइमा मात्रै अब्बल होइनन् सामाजिक कृयाकलापमा पनि उत्तिकै सक्रिय छन् भन्ने कुरा यस्ता सामाजिक कार्यहरुले पुष्टी गर्ने प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । विद्यालयमा गठित इको क्लबको अग्रसरतामा विद्यालयका शिक्षक अपिल कोइरला र वालकृष्ण लम्सालको नेतृत्वमा करिब ४० जना विद्यार्थीहरुको समूहले मन्दिर सरसफाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस