धादिङ १३ माघ
धादिङको त्रिपुरासुन्दरी गाउपालिका वडा नं १ रानी पौवामा सोमबार नसर्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा वर्तमान परिवेशमा नेपालमा बढ्दै गएको मुटु रोग, मृगौला रोग, क्यान्सर, दीर्घश्वास प्रश्वास, मधुमेह, लगायत नसर्ने रोगहरुको बारेमा छलफल गरी यी रोगहरु लाग्नबाट कसरी बच्न सकिन्छ र यी रोग लागि हालेमा के गर्नुपर्छ भन्ने बारेमा छलफले गरिएको थियो । यसै गरी नसर्ने रोगहरुको नियन्त्रण रोकथामको लागि जिवन शैलीमा परिवर्तन गर्नुपर्ने, खानपानमा ध्यान दिनु पर्ने, सुर्तीजन्य र लागु पदार्थ जस्ता बस्तुहरु नियन्त्रण गर्नुपर्ने जस्ता विषय बस्तुहरुको बिशेष छलफल गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै त्रिपुरासुन्दरी गाउपालिका वडा नं १ का वडा अध्यक्ष भोज बहादुर रिजालले आफुले जानेको कुराहरु समुदायमा भन्नुपर्ने र नसर्ने रोग सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने जोड दिनु भयो । त्रिपुरासुन्दरी गाउपालिका वडा नं १ का वडा अध्यक्ष भोज बहादुर रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवीहरु, व्यापारीहरु लगायत स्थानीयहरु गरी ५० जनाको सहभागिता रहेको त्रिपुरासुन्दरी गाउपालिका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस