सुमन अधिकारी
धादिङ १० माघ
तामाङ समुदायको महान् चाड मञ्जुश्री संवत २८५६ औ सोनाम ल्होसार(जिवा ल्हो)को अवसरमा नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट रातमाटेमा शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला क्षेत्र नं. २ क का प्रदेश सांसद डा. राम कुमार अधिकारीले धादिङ जिल्लालाई विकास निर्माण कार्यमा नमूना जिल्ला बनाउन लागि पर्ने र छोइलिङ गुम्बा विकासको लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । टासी छयोईलिङ बौद्ध गुम्बा भदौरेका अध्यक्ष दल बहादुर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष फन्द्रा तामाङ, नेकपाका स्थानीय नेताहरु श्याम शाह, नवराज दुवाडी, समाजसेवी निम बहादुर गुरुङ, तमै रातामाटे मा.वि.का प्र.अ. तोक्जाङ शाह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस