प्रेम बहादुर तामाङ
धादिङ १० माघ
मङ्गलबार राती खनियाबास गाउँ पालिका दार्खामा स्थानीय युवाहरुको समूहको आक्रमणमा परी निधन भएका नेकपा खनियाबास गाउँ पालिका वडा नं. ४ का सचिव सन्त बहादुर तामाङको शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सांसद जगत बहादुर सिंखडाले शोकलाई शक्तिमा बदल्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । साथै अझै पनि हत्या हिसांलाई प्रशय दिदै विना आधार ज्यान मार्नेसम्मको विपक्षी दल र उसका कार्यकर्ताको हर्कत गम्भीर भुल भएको तथा राज्यलाई झनै सङ्क्रमणमा धकेल्ने र देशलाई अस्थिर बनाउने भएकाले तत्काल यस्तो प्रवृति बन्द गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग समेत गर्नुभयो । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य सेकेमान तामाङ, नेकपा खनियाबास गाउँ कमिटि अध्यक्ष फुर्र बहामदुर तामाङ, सचिव लाल बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो । मङ्गलबार राती १०ः३० बजेको समयमा नेकपा खनियाबास गाउँ पालिका वडा नं. ४ का सचिव सन्त बहादुर तामाङ सहित रविन तामाङ, फत्त बहादुर गुरुङ र पूर्ण बहादुर घलेलाई खनियाबास ४ निवासी अशोक तामाङ, नेत्रावती डबजोङ गाउँ पालिका १ मार्पाकका राम बहादुर तामाङ र रोशन तामाङ लगायतकासमूहले आक्रमण गरी सन्त बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको र रविन तामाङ फत्त बहादुर गुरुङ, पूर्ण बहादुर घले सख्त घाइते हुने गरी आक्रमण भएको थियो ।
प्रतिक्रिया दिनुहोस