धादिङ १० माघ
नीलकण्ठ नगरपालिका वडा नं ८ मैदी भन्ज्याङमा यही माघ ७ गते भएको आइचर ट्रक दुर्घटनामा घाईतेहरुको उद्धार, व्यबस्थापन, उपचार र मृतकको पोष्ट मार्टम सहज तरिकाले गर्न सफल भएको धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भएको छ । जिल्ला अस्पताल धादिङले शुक्रबार धादिङबेसीमा गरेको पत्रकार सम्मेलनमा धमलाले सो कुरा बताउनु भएको हो । आइचर दुर्घटनामा परी घाईते भएका ३७ जना घाईतेहरुको सुरक्षित ठाउँमा पु¥याउन सफल भएको बताउदै धमलाले घाइते विरामीहरुको सेवा दिने प्रक्रियामा केही कुराको कमी नभएको बताउनु भयो । अर्को प्रसङ्गमा बोल्दै धमलाले जिल्ला अस्पताल धादिङमा ५० शैयाको वेडको क्षमता भएता पनि दक्ष र अनुभवी जनशक्तिको अभावका कारण अहिले १५ शैैया मात्र सञ्चालन भएको बताउनु भयो । दुर्घटनाको बेला अस्पताल भित्र प्रवेश गर्न पत्रकारहरुले अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने धमलाको भनाई रहेको छ । पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला, जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर त्रिभवन चन्द झा, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस