धादिङ १० माघ
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सल्यानटार माध्यमिक विद्यालयको खेलकुद मैदानमा सुरु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीको प्रमखु आतिथ्यता तथा प्रदेश सांसद जगत सिंखडा, नेकपाका नेताहरु गुरु प्रसाद बुर्लाकोटी, राम बहादुर भण्डारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता माघ १२ गते सम्म सञ्चालन हुने गाउँ पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामचन्द्र इटनीले जानकारी दिुनभयो ।
प्रतिक्रिया दिनुहोस