धादिङ ०८ माघ
मदिरा सेवन गरी सवारी साधन चलाउने चालकलाई मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धादिङले यातायात व्यबसायी संघसँग आवद्ध निकाय र सरोकारवालाहरुबीच गरेको छलफल कार्यक्रममा तामाङले सो कुरा बताउनु भएको हो । यसै गरी भाडाका सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्न नपाउने, रातो प्लेटका सवारी साधनहरुले यात्रु बोकेको पाइएमा पुष ९ गते देखिने पक्राउ गरी मुद्धा चलाउने तामाङले बताउनु भयो । यसै गरी परमिट नभएका, नविकरण नभएका, बिमा नभएका सवारी साधनहरुलाई निषेध गर्ने, ट्रक लगायत ढुवानीका सिट नभएका टिफर, आइचर, ट्रयाक्टर लगायतका मालबाहक सवारी साधनहरुमा यात्रु ओसार पोसार गर्न नपाउने, सार्वजनिक यातायातका साधनहरुमा छतमा यात्रु राख्न नपाउने, सवारी चालकहरुले अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने, सवारी चालकले मोवाइल चलाउन नपाउने, कुखुरा बोक्ने गाडीको नियमित निगरानी गर्ने र ढोलामण्डलीको मन्दिर क्षेत्रमा मदिरा निषेध गर्ने जस्ता निर्णयहरुमा धादिङबाट सञ्चालित यातायात व्यवसायी समितिका प्रमुख तथा प्रतिनिधि सुरक्षा निकायहरुद्धारा हस्ताक्षरा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस