धादिङ ०७ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो । दुर्घटनामा ३१ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक अत्याधिक यात्रु बोकेका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेको थियो । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर १२ जना घाइतेहरुलाई हेलिक्प्टरबाट थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस