धादिङ ०६ माघ
क्यु.ए.ए. अन्तर्गत विश्वविद्यालय अनुदान आयोगको विदेशी विज्ञ सहितको पि आर टी टोलीद्धारा सोमबार नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको अनुगमन गरिएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसको शैक्षिक क्षेत्र, भौतिक पुर्वाधार क्षेत्र लगाएत विद्यालयले गर्दै आएको क्रियाकलाप तथा गतिविधीहरुको बारेमा अनुगमन गर्न लागिएको हो । प्रा.डाक्टर मनप्रसाद वाग्ले, प्रा.डा. सुरज प्रकाश मलहोत्रा, प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा. सावित्री मैनाली, गोपाल आचार्य लगाएतको टोलीले नीलकण्ठ बहुमुखी क्याम्पसको अनुगमन गरेको हो । नीलकण्ठ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बरामको विशेष आतिथ्यता रहेको थियो । माघ ६ गते देखि सुरु गरिएको अनुगमन माघ १० गते सम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस