धादिङ ०५ माघ
गरिबी र आर्थिक अभावको चपेटा खेपिरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्वर १२ आँगेटारीकी करिना मगरको परिवारलाई आर्थिक सहयोग स्वरुप धादिङ समाज युएईले आइतबार रु १ लाख रकम हस्तान्तरण गरेको छ । युएईमा भएका सबै नेपालीहरुबाट संकलित रकम धादिङ समाज युएईका उपाध्यक्ष ईश्वर भट्टले एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गर्नु भएको हो । धादिङ समाज युएईको रकम हस्तान्तरण कार्यक्रममा धादिङ समाज युएईका उपाध्यक्ष ईश्वर भट्ट, कोषाध्यक्ष सविता सिटौला, नेपााली काङग्रेस धादिङका सभापति रमेश धमला लगायतको सहभागिता रहेको थियो । आमा लक्ष्मी थापा मगरको उपचार, करिना, बहिनी सोम कुमारी र भाइ काजीराम थापा मगरको पठन पाठनको लागि सहयोगी मनहरु बढिरहेका छन् ।
प्यारालाइसिसका कारण ओछ्यान परेकी करिनाकी आमा लक्ष्मी थापा मगरकोे स्वास्थ्यमा क्रमिक सुधार आएको छ । लक्ष्मी थापा मगरको अहिले हेम्स अस्पताल धुम्बाराही काठमाण्डौंमा निशुल्क रुपमा उपचार भैरहेको छ । आफ्नी बिरामी श्रीमतीको उपचारका क्रममा सबै सम्पति सक्दा पनि बिरामी निको नभएका कारण मिति २०७६ कार्तिक १८ गते यम बहादुर थापा मगरले आत्महत्या गरेपछि उनकी बिरामी श्रीमती लक्ष्मी थापा मगर, २ छोरी करिना थापा मगर, सोम कुमारी थापा मगर र एक छोरा काजीराम थापा मगर बिचल्लीमा परेका थिए । करिना मगरको परिवारलाई आर्थिक सहयोगको लागि आइतबार सम्म सोही विद्यालयका शिक्षक राम प्रसाद लामिछाने, अभिभावकहरु बल बहादुर थापा र टीका मगरद्धारा सञ्चालित राष्ट्रिय वाणिज्य बैँकको खातामा रु २४ लाख ७५ ह्जार ५ सय ७५ रकम सङकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस