धादिङ ०२ माघ
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पुष २९ गतेदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रोदय माध्यमिक विद्यालय बिशालटारले हात पारेको छ । अन्तर माध्यामिक विद्यालय स्तरीय बृहत खेलकुद उत्सव बिशालटार स्थित चन्द्रोदय माविको खेलकुद मैदानमा भएको थियो । प्रतियोगितामा चन्द्रोदय माध्यमिक विद्यालय बिशालटारले ९ स्वर्ण, ७ रजत, ६ काँस्य सहित प्रथम स्थान हाँसिल गरेको छ । यसै गरी हर्कपुर माध्यमिक विद्यालय हर्कपुरले ७ स्वर्ण, ५ रजत, २ काँस्य सहित द्धितीय र वागेश्वरी माध्यमिक विद्यालय रिचोकटारले ६ स्वर्ण, ८ रजत र १० काँस्य तथा ३ स्वर्ण, २ कास्य र ३ रजत सहित सङ्खादेवी माध्यमिक विद्यालय मझिमटार सान्त्वना हुन सफल भएको छ । विजेताहरुलाई शिल्ड, मेडल र प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा गाउँ पालिकाभित्रका ११ वटा विद्यालयहरुको सहभागिता रहको थियो । रनिङ सिल्ड अन्तरगत राष्ट्रिय खेलकुद परिषदले तोकेका खेलहरु भलिबल, कबड्डी, दौड, सटपुट, लगायतका खेलहरु भएका थिए ।
यस्तै माघ ३ र ४ गते हृदयघातका कारण मृत्यु भएका बेनिघाट रोराङ गाउँपालिकाका पूर्व प्रमुख प्रसाशकीय अधिकृत हर्षबहादुर थापाको सम्झनामा हर्ष हादुर स्मृति क्रिकेट प्रतियोगिता समेत हुनेछ । यसैगरी माघ ५ र ७ गते मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता सहित ३ वटा प्रतियोगिताहरु बेनिघाट रोराङ गाउँ पालिकाले आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस