धादिङ ०१ माघ
खड्गदेवी युवा क्लब ज्वालामुखी ३ धादिङ मैदीको आयोजनामा प्रथम खड्गदेवी सांस्कृतिक उत्सव कार्यक्रम मैदीकोटमा सम्पन्न भएको छ । खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै ज्वालामूखी गाउँ पालिकाका अध्यक्ष विनोद तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडाको विशेष आतिथ्यता र ज्वालामूखी गाउँ पालिकाका सातै वडाका वडा अध्यक्षहरु त्था समाजसेवी नारायण कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहकेो थियो ।
नेपाल एकीकरण अभियानका महानायक पृथ्वी नारायण शाहको ब्रतवन्ध स्थल मैदीकोटको संरक्षण गरौँ, आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गरौँ, भ्रमण वर्ष २०२० लाई सफल पारौँ भन्ने मूल नाराका साथ आयोजित उत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथै ६ हल गोरु समेत जुधाइएको थियो । जसमा प्रथम हुने गोरु धनीलाई रु ५ हजार र द्धितीय हुने गोरु धनीलाई रु २५ सय पुरस्कार प्रदान गरिएको समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सोही अवसरमा भएको एकल नृत्य प्रतियोगितामा अनिल तामाङ प्रथम, सुमिना श्रेष्ठ द्धितीय र नवीना श्रेष्ठ तृतीय भएका छन् । विजयीहरुलाई क्रमश : १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै गोरु जुधाईमा क्रमश : कर्चु तामाङले १० हजार, शङ्कर प्रसाद तिवारीले ५ हजार, नारायण श्रेष्ठ, एक नारायण श्रेष्ठ र पूर्ण गिरीले रु २५ सयका दरले पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु बबिता बानिया जेरी, राजकुमार बानिया र गीता सेञ्चुरीले भरपुर मनोरञ्जन दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस