धादिङ २९ पौष
वागमती प्रदेश सरकारले ९० प्रतिशत प्राबिधिक शिक्षालाई प्राथमिकता दिई अगाडि बढेको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले बताउनु भएको छ । मन्त्री पौडेलले शिक्षाको गुणस्तर वृद्धि र रोजगारीको सिर्जना गर्नका लागि विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । मङ्गलबार महेन्दो«दय माध्यमिक विद्यालय त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर–३ मुलपानी पोखरा धादिङको नव निर्मित भवनको हस्तान्तरण तथा ६२ आँै वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन महेन्द्रो«दय माध्यमिक विद्यालयको खेलकुद मैदान र खानेपानीको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो ।
जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा निर्मित २० कोठे भवनको निर्माण कार्य भ्याट बाहेक करिब ७ करोड ३१ लाखको लागतमा सम्पन्न भएको हो । महेन्द्रो«दय माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष जगदिश अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघीय सांसद खेम लोहनी, त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा, शिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, जिल्ला समन्वय समिति धादिङका उपप्रमुख बिन्दा बराम, नेकपा धादिङका अध्यक्ष नेत्रराज पोैडेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस