धादिङ २८ पौष
धादिङ जिल्ला सहकारीे अभियानको लागि उर्वर भूमिका रुपमा स्थापित भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका कोषाध्यक्ष तथा फिल्ड कार्यालय धादिङका संयोजक दिपक पनेरुले बताउनु भएको छ । पनेरुले धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेड धादिङले सहकारीको नीतिगत कार्यगत तथा समग्र काम कारबाहीहरुको अध्ययन विश्लेषण गरी सुधारात्मक कामहरु गर्दै आईरहेको बताउनु भयो । सोमबार बचत तथा ऋण सहकारी संघ लिमिटेड धादिङको १५ औं वार्षिक साधारण सभामा बोल्दै पनेरुले सो कुरा बताउनु भएको हो ।
धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेड धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका कोषाध्यक्ष तथा फिल्ड कार्यालय धादिङका संयोजक दिपक पनेरुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नेत्रराज पौडेल, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरु लगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेड धादिङको १५ औँ वार्षिक साधारण सभाको अवसरमै धादिङ जिल्लामा स्थापना भई आफ्नो आर्थिक कारोवार उत्कृष्ठ गर्न सफल विभिन्न सहकारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कमलनारायण श्रेष्ठले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन, सचिव तुलसी प्रसाद अधिकारीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष चमेली बगाले काप्रीले कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आय व्याय विवरण, प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । धादिङ बचत तथा ऋण सहकारी संघ २०५७ साल जेठ २६ गते तदर्थ समिति गठन भई मिति २०५७ साल चैत्र १४ गते डिभिजन सहकारी कार्यालय चितवनमा विधिवत रुपमा दर्ता भएको थियो । धादिङ जिल्लामा बचत तथा ऋण सहकारीको कारोबार गर्ने संस्था ९१ वटा रहेका छन् भने ६५ वटा बचत संघमा आवद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस