धादिङ २६ पौष
नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमालाई धादिङ जिल्लामा पनि लागु गर्नु पर्ने नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीले बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको विकास गर्न धादिङका स्वास्थ्यकर्मीहरुबीच एकताको भावना हुन जरुरी रहेको भण्डारीले बताउनु भयो । शनिबार युनिटी स्वास्थ्य सहकारी संस्था लिमिटेड धादिङको १० औं वार्षिक साधारण सभामा बोल्दै भण्डारीले सो कुरा बताउनु भएको हो । जिल्ला अस्पताल धादिङको भौतिक तथा आर्थिक व्यबस्थापन गर्न नीलकण्ठ नगरपालिसँग सहकार्य गर्न आवश्यक रहेको बताउदै भण्डारीले नगरपालिकाको मातहतमा भएका स्वास्थ्य चौकीहरुमा आवश्यकता अनुसार औषधी पु¥याउने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यस सहकारीमा १ सय ५ जना महिला, १ सय ९६ जना पुरुष गरी कुल ३ सय १ जना शेयर सदस्य रहेको युनिटी सहकारी संस्थाको शेयर पूँजी रु. ४ करोड ५० लाख रहेको छ भने चुक्ता पुँजी १ करोड २२ लाख ४२ हजार ८ सय रहेको छ । उक्त सहकारी गत आर्थिक वर्षको तुलनामा खुद मुनाफा रु १५ लाख ७ सय ५० गर्न सफल भएको छ । युनिटी स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण लाल उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पौडेल, नीलकण्ठ नगरपालिकका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजाल, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला, ग्रामीण यातायात सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष वद्रि प्रसाद सुवेदी लगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सहकारीको १० औँ वार्षिक साधारण सभाको अवसरमै शेयर सदस्यहरुका छोराछोरीमध्येबाट एस.इ.इ परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल छात्र÷छात्राहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक संयोजक ज्ञान बहादुर दाहालले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन र प्रस्तावित कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस