धादिङ २६ पौष
नेपाल रेडक्रस सोसाइटी ढोला उपशाखाको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ढोला उपशाखाका सभापति रामकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा उप मन्त्री नेम बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा ढोला उपशाखाका पूर्व सभापति श्याम कुमार श्रेष्ठ, जिल्ला शाखा धादिङका सदस्य नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीको गतिविधिहरु र भावी कार्ययोजनाको बारेमा जानकारी गराउँदै सदस्यता नविकरण नगरेका सदस्यहरुलाई सदस्यता नविकरण गर्न आग्रह समेत गर्नु थियो ।
ढोला उप शाखा भवन बनाउनको लागि सबै क्षेत्रबाट आर्थिक सहयोग जुटाएर छिट्टै सुरु गर्ने जानकारी सभापति राम कुमार श्रेष्ठले दिनुभयो । साधारण सभाले रक्तदान कार्यक्रम ,स्वास्थ्य शिविर, वृक्षारोपण, विद्यालय सरसफाई अभियान, जुनियर युवा रेडक्रस गठन गर्दै लैजाने कार्य प्रगति विवरण पारित गरेको छ ।
शनिबार नै नलाङ उपशाखाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको वार्षिक साधारण सभाको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा ३ जना महिला र २१ जना पुरुष गरी कुल २४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । वार्षिक साधारण सभा कै अवसरमा निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस