गणेश पाठक
धादिङ २५ पौष
साङकोष माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका वडा नं १२ पचघरेको ५८ औं वाषर््िाक उत्सवको पुर्वसन्ध्यामा आयोजित आधारभूत तह अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । नृत्य प्रतियोगितामा पशुपति माध्यमिक विद्यालयकी आशिका घले प्रथम, साङकोष माध्यमिक विद्यालयका विष्णु गुरुङ द्धितीय, मनरुपी माध्यमिक विद्यालयकी सलिना गुरुङ तृतीय भएका छन् । प्रतियोगितामा विजयी हुन सफल प्रतियोगीहरुलाई विद्यालयको वार्षिक उत्सवका अवसरमा पुरस्कार वितरण गरिने छ । यही पौष २७ गते साङ्कोष माध्यमिक विद्यालयको ५८ औँ वार्षिक उत्सव समारोहको आयोजना गरिदै छ । वार्षिक उत्सवको पूर्व सन्ध्यामा विद्यालयमा विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुको आयोजना सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस