धादिङ पौष २४ गते .
धादिङ सिद्धलेक गाउँपालिका वडा नं १ कालिदहमा बिहिबार दुई बस एक आपसमा ठक्कर खादा १८ जना घाईते भएका छन् । दुर्घटना घाईते हुनेहरुमा नेत्रावती गाउँपालिका १ का १८ वर्षिय सुरती पन्त, ७ वर्षिय विरेन्द्र थापा, ९ वर्षिय सुज्ञात थापा, वडा नम्बर २ का २१ वर्षिय निशा थापा, निलकण्ठ नगरपालिका २ का २३ वर्षिय केशव नेपाली, तनहुँ जिल्ला भानु नगरपालिका ५ का २१ वर्षिय नविना अछामी, लपाङफेदीका ४५ वर्षिय उमा पन्त, त्रिपुरासुन्दरी १ का २० वर्षिय अनिता दराई, गजुरी ३ का ४८ वर्षिय विष्णुहरी प्रजा, गोर्खा धावा ४ का ४५ वर्षिय चन्द्रमान तामाङ, ११ वर्षिय मनिल तामाङ, थाक्रे १ का २० वर्षिय सिर्जना तामाङ, त्रिपुरासुन्दरी ३ का १६ वर्षिय कुरिसा थापा, ज्वालामुखी ५ का २७ वर्षिय अन्जु गैरे, ३ वर्षिय प्रविन गैरे, त्रिपुरासुन्दरी ७ का २९ वर्षिय सुशिला पन्त, ९ वर्षिय आयुषा लामिछाने र २७ वर्षिय विष्णु पन्त रहेको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम वि.क ले जानकारी दिनुभयो । काठमाण्डौं देखि धादिङ आउदै गरेको बा २ ख ५२१२ र दार्खा देखि पोखरा जादै गरेको ना ६ ख ८५७६ नम्बरका दुई बस ओभर ट्याक गर्ने क्रममा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । घाईते ३ जना नेत्रावती गाउँपालिका १ का १८ वर्षिय सुरती पन्त, लपाङफेदीका ४५ वर्षिय उमा पन्त र त्रिपुरासुन्दरी ३ का १६ वर्षिय कुरिसा थापालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ भने १५ जना घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस