सुमन अधिकारी
धादिङ २३ पौष
माघे सक्रान्ती पर्वको दिन नीलकण्ठ नगरपालिका वडा नं १४ धुँवाकोटमा कृषि मेला प्रदशनी तथा गोरु जुधाई कार्यक्रम हुने भएको छ । माघेसक्रान्ती पर्वका दिन धुवाकोटमा १६ हल गोरुबीच कडा प्रतिस्पर्धा हुने भएको छ । धुवाकोट सांस्कृतिक संरक्षण एवम् पर्यटन प्रबद्र्धन र भगेरी य्ुवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा उक्त गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको हो । आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ माघ १ गते हुने गोरु जुधाई कार्यक्रममा धुवाकोटका किसानहरुले १६ हल गोरु प्रतिस्पर्धाको लागि दर्ता गरिसकेको धुवाकोटका स्थानीय बासिन्दा कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितात्मक रुपमा आयोजना हुने गोरु जुधाई कार्यक्रममा प्रथम हुने गोरुधनीलाई रु ७ हजार र द्धितिय हुने गोरुधनीलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस