धादिङ २२ पौष
बहू चर्चित राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जल विद्युत परियोजनाबाट प्रभावित खहरेका बासिन्दाहरुले आफ्नो जग्गाको लालपुर्जा बुढीगण्डकी परियोजनालाई नबुझाउने भएका छन् । न्युरेनी खोलादेखि झोलुङगे पुल सम्मको खहरे बजारको सडकले छोएको घडेरीको जग्गाको लालपुर्जा उचित मूल्य र मुआब्जामा सरकारले पुर्न विचार नगरेसम्म कुनै पनि हालतमा परियोजनालाई लालपुर्जा नबुझाउने त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष देवराज धरेलले बताउनु भयो । बुढीगण्डकी परियोजनाको मुअब्जा वितरणमा सरकारले खहरेका नागरिकहरुलाई अत्यन्तै अन्याय गरी न्युन मूल्य तोकेकाले परियोजनाबाट उचित सम्बोधन नभएसम्म जग्गाधनी लालपूर्जा नबुझाउने स्थानीय प्रभावितहरुले बताएका छन् । बुढी गण्डकी विकास आयोजनाले यही मङ्सिर १५ गते खहरे र आरुघाट बजारको मुआब्जा निर्धारण गरेको थियो । जसमा खहरे बजार क्षेत्रको प्रति आना रु. १ लाख २० हजार मात्र मुआब्जा निर्धारण गरेको हो ।
प्रतिक्रिया दिनुहोस