धादिङ २१ पौष
समुदायका लागि समुदायको आवाज भन्ने नाराका साथ २०६४ साल पौष २१ गते स्थापना भएको सामुदायिक रेडियो रेडियो धादिङ १०६ मेगाहर्जको १२ औँ वार्षिक उत्सव सोमबार मनाइएको छ । वार्षिक उत्सवको अवसरमा समाज रुपान्तरणमा रेडियो धादिङ नामक प्यानल डिस्कसन, अन्तक्र्रिया तथा सुझाव सङ्कलन कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको हो । रेडियो धादिङ सञ्चालक संस्था ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष गुरु बुर्लाकोटीको अध्यक्षता रहेको कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा, थाक्र्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेती, गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगाना, रेडियोका स्टेशन म्यानेजर राजाराम शर्मा लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, अगुवा किसानहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । रेडियो धादिङले विविध जाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर अगाडि बढिरहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस